हेटौंडामा एक युवामाथि खुकुरी प्रहार भएको छ । मकवानपुरगढी ५ का अन्दाजी ३५ बर्षीय प्रेमकुमार घिमिरे माथि खुकुरी प्रहार भएको हो। उनीमाथि साँझ हेटौंडा ४ फरेष्ट्री क्याम्पस अगाडी मेनरोडमा खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उनलाई हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको हात र घाटीमा गहिरो चोट रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय