काठमाडौं-  ११४ दिनदेखि बन्द रहेको भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालय पुनः सञ्चालनमा आएको छ। विभिन्न कारणले बन्द रहेको पुस्तकालय खुलेसँगै नियमित पाठकले अध्ययन र पुस्तक सेवा लिन पाउने भएका छन्।

लामो समयसम्म पुस्तकालय बन्द हुँदा विद्यार्थी, अनुसन्धानकर्ता र नियमित पाठक प्रभावित भएका थिए। पुस्तकालय पुनः सञ्चालनमा आएपछि अध्ययन गर्ने वातावरण सहज हुने अपेक्षा गरिएको छ।व्यवस्थापन पक्षले पुस्तकालयमा रहेका पुस्तक, पठन कक्ष र अन्य सेवाहरूलाई थप व्यवस्थित गर्दै लैजाने जनाएको छ। सार्वजनिक पुस्तकालय खुला भएसँगै ज्ञान, अध्ययन र अनुसन्धानमा रुचि राख्ने पाठकलाई राहत पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय