काठमाडौं । १ सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यान पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले वीरगञ्ज महानगर–१७ अलौबाट बा.२१च ७८५५ नम्बरको भ्यानमा परालमा लुकाईछिपाई गाँजा ल्याएको भन्ने विशेष सुराकीको आधारमा चालकसहित नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

उहाँले भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । चालक श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय