काठमाडौं । सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि सुनुवाई प्रक्रिया सुरु भएको छ ।
सरकारले गत साउन १४ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । ओली सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई नै निरन्तरता दिएको छ ।



दाहाल नेतृत्वको सरकारले शर्मालाई फिर्ता बोलाएकोले फेरि सुनुवाइ गर्नुपर्ने छ । सिफारिस भएका राजदूतलाई सुनुवाई सिमितिले नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।



