अर्घाखाँचीको जलुकेमा २० बर्ष अघि एक महिलालाइ हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २०६० साल फागुन १३ गते साविक जलुके गाविस ६ हाल शितगंगा नगरपालिका ८ चरिंगेकी ४५ बर्षिया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाको गामका केशलाल घर्तीलाई २० बर्ष पछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रतित सिंह राठोरले बताए ।
रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्वर ३ बाहिरी गाममा लुकिछिपी बसेको भन्न्ने प्रहरीको गोप्य सुचनाबाट थाहा भएपछि इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक बिक्रम रिजालले जानकारी दिए ।



मृतक घर्तीलाई एकान्त स्थानमा रहेको घरमा कोही नभएको अबस्थामा डरत्रास देखाएर पैसा माग्दा नदिएपछि हत्या गरेका थिए । अर्घाखाँची जिल्ला अदालतबाट मयाद थप गरी अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।



