काठमाडौं । २६औं राष्ट्रिय भू*कम्प सुरक्षा दिवस चन्द्रागिरि नगरपालिकामा मनाइने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १४ स्थित नैकाप फुटबल मैदानमा मनाइने भएको हो । आगामी माघ २ गते मंगलबार २६औं भू*कम्प सुरक्षा दिवस मनाइँदैछ । भू*कम्प सुरक्षा दिवस मूल समारोह समितिले दिवस मनाउनका लागि चन्द्रागिरिको नैकाप फुटबल मैदानलाई छनोट गरेको हो ।
समारोह आयोजना गर्ने बिषयमा बुधबार चन्द्रागिरि नगरपालिकामा बृहत बैठक बसेको छ । बैठकमा सरोकारवाला निकायहरु, जनप्रतिनिधि, तीनवटै सुरक्षा अंगका प्रतिनिधि, गृह मन्त्रालयका प्रतिनिधि लगायतको उपस्थिति थियो । समारोहमा भूकम्प सुरक्षा तथा बिपद् ब्यवस्थापन सम्बन्धी प्रदर्शनी समेत हुने छ । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको अध्यक्षतामा हुने दुई दिने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुने छन् । समारोहको शुरुवात माघ २ गते दिउसो सवा १ बजे हुनेछ ।



वि. सं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । वि सं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको स्मरण गर्दै प्रकोपको पूर्व तयारीदेखि पूनर्वाससम्ममा गम्भीर हुन दिवस मनाउन थालिएको हो ।समारोहको दोस्रो दिन भू*कम्प प्रतिरोधी घर आवासका प्रतिकात्मक प्रदर्शनी हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिएका छन् ।



