झापा- झापाको काँकरभिट्टामा २६ वर्षदेखि सडकपेटीमा अस्थायी रुपमा सञ्चालन हुँदै आएको ट्राफिक कार्यालय आफ्नै भवनमा सरेको छ । २२ लाख रुपैयाँको लागतमा मेचिनगर–६ मा काँकरभिट्टा अस्थायी ट्राफिक प्रहरी पोष्टको भवन निर्माण भएको हो । ४ महिनाको अवधिमा निर्माण सम्पन्न सुविधासम्पन्न कार्यालय भवन आज प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने एक सय भन्दा बढी दातालाई सम्मान समेत गरिएको छ । भवनमा ब्यारेक, इञ्चार्ज कक्ष, कार्यालय, सार्वजनिक शौचालय, चमेना गृहलगायतका संरचना निर्माण गरिएको छ ।






