काठमाडौं । नेपाल पुलिस क्लबले ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै पुलिस क्लबले उपाधि उचालेको हो ।

सुर्खेतको वीरेन्द्रनगरमा आज भएको फाइनल खेलमा पुलिसले एपीएफलाई ३–१ को सेटले हराएको हो । एपीएफले पहिलो सेट २५–२२ ले जिते पनि त्यसपछि लगातार ३ वटा सेट गुमायो । पुलिसले दोस्रो सेट २५–१९, तेस्रो सेट २५–१८ र चौथो सेट २५–२३ ले गुमायो ।

उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता एपीएफले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । आजै भएको तेस्रो स्थानको खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । गत पुस २९ गतेदेखि शुरु भएको प्रतियोगितामा ३ वटा विभागीय टोलीसँगै ७ वटा प्रदेश गरी १० वटा टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय