हेटौंडा – सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले लामो समयदेखि बन्द रहेको रोपवे ४ करोड २५ लाख ६ हजार ८० रुपैयाँमा बिक्री गरेको छ। उद्योग सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन बाराको लिपनीमालस्थित श्री पीएस एन्ड सन्स इन्टरप्राइजेजलाई उक्त रोपवे बिक्री गरिएको उद्योगका सूचना अधिकारी हरेराम आचार्यले जानकारी दिए।

गत पुस ७ गते भएको सम्झौताअनुसार खरिदकर्ता कम्पनीले नौ महिनाभित्र सम्पूर्ण संरचना उठाइसक्नुपर्नेछ। उद्योगले भुक्तानी तीन किस्तामा लिने सहमति गरेको छ, जसअनुसार पहिलो किस्ताबापत १ करोड ४२ लाख ६८ हजार ६९४ रुपैयाँ प्राप्त भइसकेको छ। रोपवेबाट प्राप्त रकम उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ खरिदमा खर्च गरिनेछ। भीमफेदी गाउँपालिकाको भैँसेखानीदेखि उद्योगसम्म ११ किलोमिटर लामो रोपवे प्रणालीका टावर, तार, बकेटलगायत करिब १५ सय टन फलामजन्य सामान बिक्री गरिएको हो। ०६१ सालदेखि बन्द रहेको रोपवे पुनः प्रयोगमा ल्याउन असम्भव देखिएपछि बिक्री गरिएको उद्योग प्रशासनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय