काठमाडौं। कार्तिक २४ गतेबाट बन्द रहेको चन्द्रागिरि केबलकार सेवा आज मंसिर १५ गते (सोमबार) बाट पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि बन्द रहेको केबलकार सुचारु भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिलेको छ।



प्राविधिक समस्याका कारण बन्द
केबलकार करिब ६० दिनसम्म बन्द रहेको थियो। यद्यपि, कार्तिक २२ र २३ का दिन सञ्चालनमा आएको केबलकारको प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएपछि सेवा पुनः स्थगित गरिएको थियो। कम्पनीका अनुसार, उक्त समस्या समाधान गर्नका लागि अस्ट्रियाबाट आवश्यक पार्टपुर्जाहरू मगाएर मर्मत गरिएपछि आजबाट नियमित सञ्चालनको लागि तयार भएको हो।
चन्द्रागिरि हिल्सले अब नियमित सञ्चालनका लागि कुनै पनि प्राविधिक समस्या नरहेको दाबी गरेको छ।



