काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज काठमाडौंको जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउदै छ ।
हङकङबाट ल्याइएको ६१ किलो सुन तस्करीको लामो समयको अनुसन्धानपछि सीआईबीले प्रतिवेदन बुझाउन लागेको हो । आरोपीविरुद्ध सुन चोरी पैठारी, संगठित अपराध र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउन राय दिने सीआईबीको तयारी छ । सुन तस्करी प्रकरणमा अहिलेसम्म ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल, भारत र चिनियाँ नागरिक रहेका छन् । त्यसमध्ये भन्सार कार्यालयका कर्मचारी पनि रहेका छन् ।



गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।



