काठमाडौं । वर्खासुरु भएसँगै सरकारले देशैभरका प्रमुख जिल्ला अधिकारीलाई विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयमा भएको ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यसहित ७७ जिल्लाका प्रजिअ तथा सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल गर्दै निर्देशन दिइएको हो ।

सचिव एकनारायण अर्यालले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्नो क्षेत्राधिकार भित्र पर्ने स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारीमा रहन भन्दै सचेत गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय