काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले पूर्णता पाउँदै छ । समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि आइतबार ९ वटा समितिले निर्विरोध सभापति पाईसकेको छ । ती प्रस्तावको सूची आइतबार नै प्रकाशित भइसकेको छ ।

संघीय संसद् सचिवालयका अनुसार ९ विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि दुई वटा दर्ता प्रस्ताव माथि छलफल हुनेछ । त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्ताव क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन् । सभापति घोषणासँगै सपथग्रहण पनि गर्ने तयारी संसद सचिवालयको छ ।

प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले दिउँसो ३ बजेको समय निर्धारण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय