सदरमुकाम मलंगवा वाड नं ८ मा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाले विगत १ वर्ष देखि खाताधारीहरुको बचत रकम फिर्ता नगरि आलटाल गरेको भन्दै बचतकर्ताहरु आईतवार देखि जिल्ला प्रशासनको गेट अगाडी धर्नामा बसेका छन् । संस्थामा खाता खोली बचत गरेका सैकडौ बचतकर्ताहरु आफ्नो मेहनतले आर्जन गरेको रकम फिर्ता नपाएपछि संघर्ष समिति बनाई आईतवार देखि धर्नामा बसेका हुन् ।

गरिब तथा दिनदुखीले आफ्नो मेहनतबाट कमाएको रकम संस्था माथि बिश्वास गरि बचत गरेको र बचत गरेको रकम झिक्न पटक पटक धाउदा पनि संस्थाले दिन अनाकानी गरेपछि आफुहरु ५ बुदे माग सहित धर्ना दिन बाध्य भएको संघर्ष समितिका अध्यक्ष राजेन्द्र प्रसाद साहले बताउनुभयो ।

पिडित बचतकर्ताहरुको रकम अविलम्व फिर्ता गर्नुपर्ने ,संस्थाका संचालकहरु माथि कारवाही गरि निजका सम्पती रोक्का हुनुपर्ने, संस्थाको लेखा परिक्षण आधिकारिक लेखा परिक्षकबाट गराउनु पर्ने ,संस्थाको समग्र अवस्था सम्बन्धी स्वेत पत्र जारी गर्नुपर्ने र आ।व। २०७७ / ०७८ ,०७८/ ०७९ तथा ०७९ / ०८० मा संचालक समितिहरुले संस्थाबाट लिएको सम्पुर्ण ऋण सार्वजनिक गर्नुपर्ने लगायतका ५ बुदे मागहरु राखेर आज९आइतवार०बाट धर्नामा बसेको संघर्ष समितिका अध्यक्ष साहले बताए ।उक्त मागहरु यथासिघ्र सम्बोधन नभए अझ शसक्त आन्दोलन गर्न बचतकर्ताहरु बाध्य हुने साहले बताएका छन् ।

सुविधा सहकारीका संचालक सदस्यहरु बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना गरेर फरार भएपछि बचतकर्ताहरु समस्या भोग्न बाध्य भएका छन् । रकम हिनामिना गरेको आरोपमा सो सहकारीका चारजना कर्मचारीहरु समौत थुनामा परेका छन् । सदरमुकाम मलंगवा नगरपालिका वडा न –८ मा रहेको सुविधा बचत तथा ऋण सहकारीका संचालकहरु उपर बचतकर्ताहरुको करिब २४ करोड रुपैयाँ हिनामिना गर्न खोजेको आरोप लागेको छ ।

सहकारी अपचलनको आरोपमा सुविधाका प्रबन्धक दीपकलाल अमात्य, खजाञ्ची निर्मल श्रेष्ठसहित अन्य दुई जना कर्मचारीहरु उमेश अधिकारी र कामेश्वर सिंह थुनामा रहेका छन्। अध्यक्ष ईश्वर गुप्ता भने फरार रहेकोले निजको खोजीकार्य भरहेको सर्लाही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जनाएको छ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय