बुटवलमा एक कार्यक्रमका बिच अवधि लोकगित “पशुपति के जात्रा, सिध्रा के ब्यापार ”नामक गित बिमोचन गरिएको छ ।नवलपरासि प्रतावपुरका सामाजिक अभियान्ता प्रेमचन्द्र गुप्ता द्धारा तयार पारिएको यो गिति एल्वममा ५ वटा भोजपुरि गितहरु रहेका छन् । अवधि लोकगित बिमोचन एवं पत्रकार संमेलन कार्यक्रमका प्रमुख अथिति नेपाल पत्रकार महाँसंघ गण्डकीका अध्यक्ष नारायण शर्माले यो गिति एल्वम सामाजिक चिन्तनको बिद्रोह भएको बताउदै तराई मधेशका पिडाहरु समेटिएको सन्देश मुलक गितहरु रहेको बताए ।
लामो समय देखी सामाजिक अभियान्ताका रुपमा रहेका प्रेम चन्द्र गुप्ताले गितमा मधेशी नेताहरुले चुनावका बेला प्रतिबध्ता जनाएका कामहरु हुन नसक्दा आम जनताको पिडाय पिडा यथावत रहेको बीकृति, बिसंगतिले जनतामा निरासा छाएको सन्देश दिन खोजिएको छ ।
बरिष्ठ पत्रकार बिष्णु भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रकासन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुवर,लोकगायक लक्ष्मण खड्का,पत्रकार माधव नेपाल लगाएतले बोल्दै यो गिती एलवमले कला सस्कृतिको जर्गेर्ना गर्दै तराईका समाजमा जनचेतना जगाउन महत्व पूण सन्देश फैलाउने बताए ।