पाल्पाको तानसेनमा अमर नारायण रथयात्रा निकालिएको छ । प्रत्येक बर्ष भाद्र कृष्ण नवमीको दिन रथयात्रा निकाली बजार परिक्रमा गर्ने परम्परा रहेको छ । तानसेनको नारायणस्थान,मखनटोल, पाल्पा दरबार संग्रहालय, शीतलपाटी हुँदै भगवती मन्दिर, वसन्तपुर हुँदै पुनः शीतलपाटीको बाटो भएर टक्सार, लहरेपीपल, ब्यारेक हुँदै नगरपालिका क्षेत्रबाट पुनः अमरनारायण मन्दिरमा रथ लगेर विर्सजन गरिएको हो ।

तत्कालीन समयमा सेन राज्य पाल्पा नेपालमा राज्य विलय भएपछि पाल्पाको कमाण्डर भएपछि काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी यो जात्रा सुरु गरेका थिए । मन्दिर निर्माण पुरा भएपछि प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन रथयात्रा निकाली बजार परिक्रमा गर्ने परम्परा रहेको छ ।

मन्दिरमा भगवान नारायणको मुर्ति राखिएको भएपनि अमर सिंह थापाले आफै बनाएकाले उक्त मन्दिरको नाम नै अमर नारायण मन्दिर राखिएको छ । तानसेनमा गाईजात्रा, रोपाइँजात्रा, गणेशजात्रा, बाघ जात्रा, भीमसेन जात्रा, लक्ष्मीनारायण जात्रा, हनुमान जात्रा, शिवजात्रा, कृष्णजात्रा लगायतका जात्राहरु हुने गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय