मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३२ पुगेको छ । मोरक्कोमा आज विहान ६ दशमलव ८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पबाट अहिलेसम्म ३ सयभन्दा बढी घाइते भएका छन् । भुकम्पले भवनहरू क्षतिग्रस्त भएका छन ।

हाई एटलस पहाड केन्द्रविन्दु भइ गएको भूकम्पको बताइएको छ । हाई एटलस पहाडको करिव ७२ किलोमिटर माराकेचको दक्षिणपश्चिममा, लगभग ८ लाख ५० हजार मानिस बसोबास गर्ने शहर र एक लोकप्रिय पर्यटकीय गन्तव्य हो । भूकम्पबाट माराकेश शहर नराम्ररी प्रभावित भएको छ । माराकेश युनेस्को विश्व सम्पदा सुचिकृत स्थल हो । माराकेशको पुरानो सहरका केही भवनहरू ध्वस्त भएका छन् । शहरमा शक्तिशाली पराकम्पन गइरहेकाले स्थानीयहरु घरबाहिरै बसिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय