अस्ट्रेलिया चर्चित पूर्वक्रिकेटर स्टुअर्ट म्याकगिल पक्राउ परेका छन । प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा ५२ वर्षीय म्याकगिललाई प्रहरीले पक्राउ गरेको हो । म्याकगिलले ठूलो परिमाणमा कोकिन ओसारपसार गरेको प्रहरीको दाबी छ । उनले प्रहरीले राजधानी सिड्नीबाट पक्राउ गरेको हो ।

म्याकगिलले भने आफूमाथि लगाइएको आरोप निराधार भएको दाबी गर्दै आएका छन् । न्यायालयले उनलाई जमानतमा रिहा गरेको छ । अब उनले अक्टोबर २६ तारिखमा अदलातमा उपस्थित हुनु पर्नेछ सन् २०२१ मा म्याकगिलमाथि कुटपिट भएको प्रकरण सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले अनुशन्धान सुरु गरेको थियो । सोही क्रममा उनी आफै लागू औषध कारोबारी भएको रहस्य खुलेको प्रहरीले जनाएको छ । म्याकगिल आफ्नो समयका चर्चित स्पिनर हुन् ।

उनले अष्ट्रेलियाका लागि ४४ वटा टेस्ट खेलेका उनले दुई सय आठ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय आठ रन दिएर आठ विकेट रहेको छ । उनले एकदिवसीय प्रतियोगिता भने तीनवटा मात्र खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय