राहत शिक्षकहरुले प्रतिनिधि सभामा दर्ता गराएको शिक्षा विधेयकको ड्राफ्ट जलाएर विरोध जनाएका छन् । आज काठमाडौंको माइतीघरमा उनीहरुले विधेयक शिक्षकहरुको अधिकार कुण्ठित गर्ने गरी आएको भन्दै जलाएर सांकेतिक बिरोध जनाएका हुन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सामुदायिक विद्यालयमा कार्यरत देशैभर ४० हजार राहत शिक्षकको हक अधिकार कुण्ठित गर्नेगरी सरकारले विधेयक ल्याएको बताए । उनले विगतमा गरेका सम्झौता विपरित विधेयक ल्याइएको भन्दै आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिए ।अध्यक्ष अधिकारीले राहत शिक्षकहरुलाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी व्यवस्थापन गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।