काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको बताउनु भएको छ ।
दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकुल बनाउँदै नेपाली युवालाई वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार सम्पूर्ण रूपले प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले बताउनु भयो ।काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले युवामा रहेको ज्ञान,सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा जुट्नुपर्ने भन्दै विदेशमा रहेका लाखौँ नेपाली युवाहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव नरहेको बताउनुभयो ।
उनीहरूको हीतको रक्षा हुने गरी, सुरक्षा र आत्मसम्मान कायम गर्नेगरि कसरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, भन्ने बिषयमा सरकार गम्भीरतापूर्वक लागेको प्रधानमन्त्रीको भनाइ छ ।