नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको दाबी गरेका हुन् । उनले माअोवादी नेता कृष्णबहादुर महराका बाबुछोराप्रति इंकित गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही नगरेको भन्दै आक्रोश समेत पोखे ।
अध्यक्ष ओलीले सरकार उपभोक्तामाथि संस्थागत रुपमै गैरजिम्मेवार बनिरहेको आरोप पनि लगाए । उनले आम उपभोक्ताको हित संरक्षणका लागि गरिवी निवारणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औल्याए ।