चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नै विदेशी विनिमय सञ्चित करिब ३४ अर्बले बढेर १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको विदेशी विनियम सञ्चिति २.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । साउन महिनामा मात्रै १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय प्रतिवेदनअनुसार यो रेमिट्यान्स २०७९ साउन महिनाको तुलनामा २५ दशमलव ८ प्रतिशत बढी हो ।

चालू आर्थिक वर्षको साउन महिनामा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको छ । गत आर्थिक वर्षमा शोधनान्तर बचत २ खर्ब ९० अर्ब भन्दा बढी भएपनि चालु खाता घाटामा थियो । तर, यो आर्थिक वर्षको पहिलो महिनामा भने चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । साउनमा २ अर्ब ६५ करोड खुद प्रत्यक्ष वैदेशिक लगानी आएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय