काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनु भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकहरूका जायज माग सम्बोधन गर्ने आश्वासन दिनुभएको हो ।

उहाँले नेपाल शिक्षक महासंघसँग वार्ता भएको र सबै पार्टीका नेताहरू मिलेर समस्या समाधानको उपाय खोजिने उल्लेख गर्नुभयो ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघले विरोध गरिरहेको र शिक्षकहरुको जायज मागलाई सरकारले गम्भीर भएर समाधान गर्न तर्फ लाग्ने बताउनु भयो । शिक्षा विधेयकविरुद्ध देशैभरका १ लाख भन्दा बढी शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय