काठमाडौं । शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका शिक्षक र सरकारबीच आज वार्ता हुँदैछ ।

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासंघको जायज मागलाई सरकारले सम्बोधन गर्ने र आज पुनः वार्तामा बसेर सहमति गर्ने प्रयास गरिने बताउनु भयो । उहाँले बिहीबारको वार्ता सकारात्मक रहेकोले पनि समस्या समाधान हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।

आन्दोलनरत शिक्षकका १७ वटा माग छन् । शिक्षकहरुको प्रमुख माग नै विद्यालयलाई स्थानीय तह मातहत राख्न पाइन्न भन्ने रहेको छ । जबकी संविधानले नै माध्यमिक शिक्षामा स्थानीय तहको एकल अधिकार रहने भनेको छ । महासंघका अन्य मागहरुमा राहत, करार लगायतका अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरुलाई स्थायी गरिनुपर्ने भनिएको छ । शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय बन्द भएका छन् ।

बिहीबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय