काठमाडौं । बाँकेको एक बालसुधार गृहमा झडप हुदाँ एक जनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा गएराति झडप भएको हो । झडपमा परी घाइते भएका मध्ये एक जनाको उपचारको क्रममा निधन भएको हो । मृत्यु हुनेमा कञ्चन गाउँपालिका–४ रूपन्देहीका सुलभ केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए ।
झडपमा घाईते भएका १० जनाकोे नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । झडपका कारण बालसुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो भने अझै स्थिति सामान्य बनिसकेको छैन ।