काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच पाँच बुँदे सहमति भएको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकार र शिक्षकबीच सहमति भएसँगै सबै आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।

वार्तामा शिक्षामन्त्री, शिक्षा राज्यमन्त्री, राहत शिक्षकका प्रतिनिधिलगायतको सहभागीता रहेका थियो । सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० विरुद्ध असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि देशभरका शिक्षकहरूले आन्दोलन थालेका थिए ।

गत शुक्रबार सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपछि स्थायी शिक्षकहरूले आन्दोलन तोडेका थिए । तर, आफुहरुको माग सम्बोधन नभएको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समिति, पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, नेपाल बाल विकास शिक्षक संघर्ष समिति लगायतका ८ वटा संघ संगठनले आन्दोलनलाई जारी राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय