चन्द्रागिरि नगरपालिकाको सह आयोजनामा अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका पुरुष ५ कि मि जुनियर टिममा पहिलो स्थान र महिला १० कि मि सिनियर टिममा दोस्रो स्थान प्राप्त गर्न सफल भएकाछन् ।

शनिबार एथ्लेटिक्स परिवार नेपालको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सह आयोजनामा अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न भएको हो। चन्द्रागिरि नगरपालिकाको भूगोलमा पहिलो पटक संचालित यस प्रतियोगितामा ४० वटा नगरपालिकाबाट प्रतिनिधिहरुले सहभागिता जनाएका थिए। जुनियर टिममा १५० जना तथा सिनियर टिममा ९८ जनाको सहभागिता रहेको थियो। कार्यक्रम चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको सभापतित्वमा संचालन भएको थियो भने प्रमुख अतिथी नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुङ्गाना रहेका थिए ।

कार्यक्रममा प्रतियोगिताका संयोजक तथा नगर प्रबक्ता कृष्ण प्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरुका साथै विभिन्न संघ संस्थाबाट आएका अतिथिहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा राष्ट्रिय धावक बैकुण्ठ मानन्धर तथा राष्ट्रिय धावक राजेन्द्र भण्डारीलाई समेत सम्मान गरिएको थियो । उक्त प्रतियोगितामा महिला ५ कि मि जुनियर ब्यक्तिगत तर्फ तारकेश्वर नगरपालिकाकी अस्मिता भुजेल प्रथम भएकी थिईन भने पुरुष ५ कि मि जुनियर ब्यक्तिगत तर्फ पोखरा महानगरपालिकाका कृष बहादुर परियार प्रथम भएका थिए ।

त्यस्तै महिला १० कि मि सिनियर ब्यक्तिगत तर्फ चन्दननाथ नगरपालिकाकी पुर्ण लक्ष्मी न्यौपाने प्रथम भएकि थिईन भने पुरुष १० कि मि ब्यक्तिगत तर्फ हलेसी नगरपालिकाका गजेन्द्र राई प्रथम भएका थिए । सिनियर टिम तर्फ महिला १० कि मि मा भोजपुर नगरपालिका प्रथम, चन्द्रागिरि नगरपालिका द्वितीय भएको थियो र पुरुष १० कि मि मा हलेसी नगरपालिका प्रथम भएको थियो भने जुनियर टिम तर्फ महिला ५ कि मि मा भोजपुर नगरपालिका प्रथम र पुरुष ५ कि मि मा चन्द्रागिरि नगरपालिका प्रथम भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय