काठमाडौं । वैदेशिक रोजगार विभागले १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको छ । वैदेशिक रोजगारीका लागि आवश्यक भाषा,संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रका आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोगमा १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका हुन् ।

 

ति कम्पनीमाथी उजुरीका आधारमा अनुसन्धान हुदाँ संलग्नता देखिएकोले निलम्बन परेको विभागले जनाएको छ । यस्ता कार्यमा अन्य संस्था समेत संलग्न रहेको सम्बन्धमा पनि विभागले अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय