बर्षौदेखि एउटै वडाको दुई वटा गाउँ सम्बन्ध विच्छेदझै थियो । वारिपारि रहेका दुवै गाउँ एउटै वडामा भएपनि बीचमा भएको अँधेरी खोलाका कारण घुमेर जाँदा एक घण्टादेखि डेढघण्टामा पुग्न सकिन्थ्यो तर अहिले त्यस ठाउँमा झोलुगे पुल निर्माण भएपछि सबै भन्दा खुशी यी दुई गाउँका सर्वसाधारण भएका छन् ।

धरान उपमहानगरपालिका सुनसरी जिल्लाको सुगम स्थलभित्र पर्छ तर यही उपमहानगरपालिकाका वडाहरु एक वडाबाट अर्को वडामा पुग्न घण्टौ लाग्छ भन्दा सायदै पत्यार नलाग्ला तर धरान उपमहानगरपालिकाको वडा नं. ५ मा रहेका आपँटार र ठिंगाबारी जोड्ने खोलामा पुल नबन्दा सर्वसाधारणले यस्तै नियति भोग्नुपरेको छ । एउटै वडाका दुई गाउँबीचका सर्वसाधारण चिनजान समेत थिएन । तर अहिले झोलुङे पुल निर्माण भएपछि भने यी दुई गाउँको सम्बन्ध नजिकिएको छ भने आउजाउ समेत बढेको छ ।

एसियाली विकास बैंकको बजेटबाट चाडै सडक चौडा बनाउने बताउदै सडक बनाउने प्रक्रियाको पहिलो चरणको काम शुरु भएको छ स भौगौलिक रुपले ठूलो वडा रहेको भएपनि यस ठाउँको विकास हुन नसकेको बेला झोलुङेपुल निर्माणले सर्वसाधारणको जीवनयापन सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने यसको संरक्षण गर्नू वडाबासीको जिम्मेवार रहेको जनप्रतिनिधि बताउछन ।

सार्वजनिक चिजको संरक्षणका लागि सबै लाग्नु सबैको दायित्व भएकोले यसको संरक्षणमा सबै जुट्न स्थानीयलाई संघीय सरकारका मन्त्री एवं धरानका प्रतिनिधि सभा सदस्य अशोककुमार राईको आग्रह छ ।पुलले आपटार तथा ठिंगाबारीका कृषि उत्पादन बजार लैजान सहज भएको छ । विद्यार्थीलाई पनि स्कुल जान सहज भएको छ । २ सय ३३ मिटर लामो पुल निर्माणका लागि १ करोड ८ लाख ४२ हजार ९ सय १५ खर्च भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय