स्वास्थ्य, पर्यावरण, पर्यटन साथ र साइकल संस्कृति विकासको निम्ति साइकल भन्ने मुल नाराका साथ शनिबार एक कार्यक्रमका बिच मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको संयोजनमा साइकल यात्रीहरुलाई शुभकामनासहित बिदाई गरिएको छ ।हिमालयन राईडर्स सोसाइटी हेटौंडाको समन्वयमा र सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको नेतृत्वमा झापाको मेचीनगरस्थित नेपाल-भारत सीमानाकाको मेची पुलबाट यात्रा सुरु भएको छ । साइकल यात्रा टोलीमा हेटौंडाका ११ जना र बुटवलका २ जना रहेका छन् ।
टोलीमा श्रेष्ठसहित, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, विकास बानियाँ, सीता श्रेष्ठ, सुशील चौधरी (बुटवल), सुरज खत्री (बुटवल) रहेका छन् । साइकल यात्रामा सहभागी सदस्यमध्ये श्रेष्ठ र भानुभक्त आचार्य दोस्रो पटक मेची(महाकाली साइकल यात्रा गर्दैछन् । व्यक्तिगत खर्चमा मेची महाकाली साइकल यात्रा गर्न लागिएको हो ।
२५ वर्षअघिको पूर्व(पश्चिम राजमार्गको अवस्था र वर्तमान अवस्थामा निकै फरक आएको र अहिले गियरसहितको साइकल उपलब्ध भएका कारण १२ दिनभित्र यात्रा सम्पन्न गर्न सकिने यात्राका सदस्य तथा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य बताउँछन् ।
कार्यक्रममा निवर्तमान मेयर विमल आचार्य, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, यात्राका सदस्य तथा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पण्डित नेत्रप्रसाद भट्टराई , साइकल अभियन्ता अर्जुन सुब्बा लागाएतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाली पत्रकारहरूको प्रतिनिधित्व गर्दै मेचीमहाकाली साइकल यात्रा गर्ने नेपालको पहिलो पत्रकार मुक्ति पौडेलले स्वागत तथा साइकल यात्राको महत्व र यसको सार्थकताका बिषयमा आफ्नो धारणा राखेका थिए । निर्वतमान मेयर विमल आचार्यको प्रमुख आतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।