काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सुत्केरी महिलाहरुको लागि घरमै गएर स्वास्थ्य चेकजाँचको सेवा दिने भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ ले हरेक महिनाको १९ गते आफ्नो वडा भित्र रहेका सुत्केरी महिलाहरुको घरमै पुगेर स्वास्थ्य चेकजाँच गर्ने भएको हो । वडामा संचालित वाडभञ्ज्याङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी र नर्सहरुले घरैमा गई सुत्केरी भएदेखि ४२ दिनसम्म कम्तीमा ३ पटक सुत्केरी जाँचको व्यवस्था मिलाइएको वडा अध्यक्ष भाइकृष्ण तामाङ बताउनु हुन्छ । उहाँले गर्भवती महिलाहरुको लागि पनि वडामा निःशुल्क भिडियो एक्सरेको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

वडा अध्यक्ष तामाङले यदि उक्त दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट सेवा संचालन हुने पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय