कोरोना भाइरस संक्रमणपछि नेपालमा सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा भित्रिएका छन् । पछिल्लो एकै महिनामा एक लाख माथिको संख्यामा पर्यटक आएको करिव ५ बर्षपछि पहिलो पटक हो । २०१९ को अक्टोबरमा भन्दापनि धेरै पर्यटक गत महिना भित्रिएका हुन । अध्यागमन विभागका अनुसार अक्टोबरमा १ लाख १७ हजार पर्यटक भित्रिएका छन् । गत वर्ष ५२ हजार १ सय २१ पर्यटक मात्रै नेपाल भित्रिएका थिए ।


हिमाली जिल्ला मनाङमा अन्नपूर्ण पदमार्ग अन्तरगत ङिस्याङ गाउँपालिका १ भ्राताङ हुँदै माथिल्लो मनाङ जाँदै गरेका बिदेशी पर्यटक । अहिले मनाङका सडकदेखि होटलमा भिडभा

 

 

कारोनाअघि २०१९ अक्टोबरमा १ लाख १० हजार पर्यटक भित्रिएका थिए । बोर्डका संकलन गरेको तथ्यांक अनुसार गृष्म ऋतुमा सबैभन्दा बढी भारतबाट १८ हजार ४ सय ८० पर्यटक भित्रिएका छन । अमेरिकाबाट १४ हजार ८ सय ७९, बेलायतबाट ८ हजार २ सय १९ पर्यटक आएका छन । त्यस्तै चीनवाबाट ६ हजार ८ सय ८०, अस्ट्रेलिया ६ हजार ७५, जर्मनी ५ हजार ९ सय १६, फ्रान्सबाट ५ हजार २ सय ७१ र बंगलादेशबाट ४ हजार २ सय ९२ पर्यटक भित्रिएको बोर्डको तथ्यांकले देखाएको छ । यो संख्या हवाईमार्गबाट आउने पर्यटकको संख्या हो ।


म्याग्दीको अन्नपूूर्ण गाउँपालिका ६ मा रहेको पर्यटकीय स्थल पुुनहिलबाट बुुधबार बिहान हिमशृङखलाको अवलोकन गर्न पुुगेका पर्यटकहरु अक्टोबरमा महिनामा हिमाल आरोहणसँगै ट्रेकिङको लागि सबैभन्दा बढी पर्यटक नेपालमा आउने गरेका छन । यो अङ्ग्रेजी वर्षको १० महिना अर्थात् जनवरीदेखि अक्टोबरसम्म नेपालमा ८ लाख ९ हजार ६ सय ७८ जना पर्यटक नेपाल आएका छन् । यो संख्या कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ को तुलनामा ६ प्रतिशतले धेरै हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय