गुल्मीको एक किराना पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ ।

गुल्मी दरबार गाउँपालिका वडा– ७ चारपालामा टोपबहादुर बस्नेतले संचालन गर्दै आएको किराना पसलमा आगलागी भएको हो । आगलागीबाट दुई वटा मोटरसाइकलमा पूर्णरुपमा क्षति पुगेको छ ।

विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट २ लाख नगद, तीन तोला सुन, खाद्यन्न, लत्ता कपडा जलेर नष्ट भएको छ प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय