https://fb.watch/obo-7aCm0e/

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ र ७ ले संयुक्त रुपमा आयोजना गर्न लागेको झिलिमिली हाट बजारको सम्पूर्ण तयारी पुरा भएको छ । तीन दिनसम्म संचालन हुने हाटबजारमा आवश्यक स्टल, झिलिमिलि बत्तीलगायत सम्पूर्ण तयारी पूरा भएको व्यवस्थापन समितिका अध्यक्ष दयाराम थापाले जानकारी दिनुभयो ।

बिहीबारदेखि सुरु हुने हाट बजारमा ५० वटा भन्दा बढी स्टल बुकिङ भईसकेको पनि समितिले बताएको छ । बजारका लागि बत्ति, पाल र अन्य खर्च गरी ४ देखि साढे ४ लाख रुपैयाँ खर्च हुने बताइएको छ । हाटबजारले चेकपोष्ट देखि वडा कार्यालयसम्मको सडक अवरोध हुने हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न पनि समितिले आग्रह गरेको छ । समितिका अध्यक्ष थापाले हाट बजारमा दीपावली, नेपाल सम्वत तथा छठ पर्वका लागि चाहिने स्थानीय स्तरमा उत्पादित वस्तु तथा सामग्री राखिने भएकोले आवश्यक सामग्री खरिद गर्न र अवलोकन गरी कार्यक्रमको उद्देश्यलाई सफल पारिदिन आग्रह गर्नुभयो ।

हाट बजार सञ्चालनका लागि आवश्यक खर्च वडा ६ र ७ ले संयुक्त रुपमा व्यहोर्ने वडा नं. ६ का अध्यक्ष संजय सिग्देलले बताउनु भयो । उहाँले स्टलमा २८ वटा सामग्री राखिने र स्वास्थ्यलाई प्रत्यक्ष असर पुग्ने कुनै पनि बस्तु हाटबजार नराखिने पनि उल्लेख गर्नुभयो ।

यस्तै वडा नम्बर ७ का अध्यक्ष शम्भु केसीले चन्द्रागिरि नगरपालिकामै पहिलो पटक हाट बजारको आयोजना गरिएको र स्थानीय उत्पादनलाई जर्गेना र प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिने बजार संचालन गरिएको बताउनु भयो ।

यसअघि चन्द्रागिरि नगरपालिका वडा नं. ७ नगरपालिकाका मेयर घनश्याम गिरीसहित बसेको संयुक्त बैठकले हाटबजारको कम्तिमा ३० हजारले अबलोकन गर्ने र करिव एक करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । हाटबजार कात्तिक २३, २४ र २५ विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय