काठमाडौं । पर्यटक आउने सिजन पनि शुरु भएपनि माथिल्लो मनाङ अन्धकारमय छ । मनाङमा रहको हाइड्रो पावर हाउसमा खराबी आएकाले विगत दुई सातादेखि विद्युत आपूर्ति हुन सकेको छैन विद्युत आपूर्ति सुचारु गर्न सब्जेखोलाको पावर हाउसबाट उत्पादित सीमित विजुलीले मनाङमा लोडसेडिङ प्रणालीमा वितरण हुँदै आएको छ । सदरमुकाम चामेबाट ३३ केभी प्रसारण लाइन जडान गरी माथिल्लो मनाङमा विद्युत आपूर्ति गर्न नेपाल विद्युत प्राधिकरण मनाङले पटक–पटक प्रयास गर्दा पनि एग्रो मनाङ प्रा.लि.ले अवरोध गर्दा वितरण गर्न नसकिएको नेपाल विद्यतु प्राधिकरण मनाङले जनाएको छ ।

 

मनाङ जिल्लाको माथिल्लो भेगमा धेरै अनियमिता, बल मिचाईका कार्यहरु भएकाले अब कानूनी बाटो अपनाउने गण्डकी प्रदेस सांसद राजीव गुरुङले बताएका छन् । मनाङमा भएका थुप्रै विकृतिको विषयमा चुप रहे पनि अब भने अवैध जंगल फडानी, विद्युत्को राष्ट्रिय प्रसारण लाईन नजोडिँदा माथिल्लो मनाङका बासिन्दाले भोग्नु परेको पीडा, विद्यालयको जग्गामा बनेको अवैध मदिरा उद्योगलगायतका विषयमा अब एक्सनमा उत्रने सांसद गुरुङले बताएका छन् । सांसद राजीव गुरुङसँगको विशेष कुराकानी ।  www.ournewscrew.com मा प्रतिक्षा गर्नुहोस् ।

https://fb.watch/ocG5xKQlz0/

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय