पाल्पाको रामपुर–३, रजघरामा रहेको जनविकास माध्यमिक विद्यालयको परिसर तिहार नजिकिदै जाँदा पहेंलपुर भएको छ । विद्यालयको खाली जमिन र बगैंचामा लगाईएको सयपत्री ढकमक्क फूले संगै पहेंलपुर भएको हो ।जनविकास माध्यमिक विद्यालयमा विद्यार्थीलाई सिकाउन र सौन्दर्यताका लागि गत साउनमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय आमा समुह मिलेर सयपत्री अहिले ढकमक्क फूलेको छ । फूलका विरुवा लगाए संगै विद्यार्थीहरुले नै निरन्तर रेखदेख र गोडमेल गर्दै आएका छन् । फूल फूले संगै विद्यालयको वातावरण नै फरक भएको विद्यार्थीहरु बताउँछन् । उनीहरुले तिहार लक्ष्यित लगाईएको फुल सयपत्री फक्रिए संगै फूल र माला विक्री जाने तयारी गरेका छन् ।

विद्यालयको खाली जमिन मध्ये एक रोपनी बढी क्षेत्रफलमा यस वर्ष सयपत्री लगाईएको थियो । खाली रहेको जमिन सदुपयोग संगै विद्यालयको सौन्दर्य, व्यवहारिक ज्ञान सिकाउन र केही आर्थिक उपार्जनको लागि तिहार लक्ष्यित फूल खेती गरेको विद्यालयले जनाएको छ ।१ हजार १ सय भन्दा बढी विरुवा लगाएकोमा अधिकांश विरुवा फूलेको छ । विद्यालयले फूल प्रति किलो ३ सय ५० र प्रति माला ८० रुपैयाँको दरले विक्री गर्ने जनाएको छ । फूलखेतीले अतिरिक्त क्रियाकलाप संगै आर्थिक रुपमा पनि सहयोग गरेको छ । यस पश्चात जमिनको सदुपयोग गर्दै आगामी फूल पश्चात मौसमीखेती गर्ने योजना बनाएको छ ।

कार्यक्रमले खाली जमिनको सदुपयोग तथा व्यवहारिक सिप सिक्ने अवसर विद्यार्थीहरु प्रदान गरेको छ । साथै विद्यार्थीहरुलाई थप सक्रिय बनाउन सहयोग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय