धरानको अमरहाटमा तीन वटा बस एक आपसमा ठोकिएर दुर्घटना हुँदा शैक्षिक भ्रमणमा हिडेका २५ जना विद्यार्थीहरु घाइते भएका छन । धरान पमहानगरपालिका १३ अमरहाटमा तीन वटा बस एक आपसमा ठोकिएर दुर्घटना भएको हो । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घाइते विद्यार्थीमध्ये केही टाउकोमा चोट लागेको, केहीको हात खुट्टामा चोट लागेको भएपनि गम्भीर अवस्था भने नभएको चिकित्सकले बताएका छन । हुप्सेकोट ४, शंखदेव नवलपरासीको जनकल्याण राष्ट्रिय माविका विद्यार्थी बोकेर धनकुटाबाट धरानतर्फ आएको सु.प.प्र ०२ ००१ ख ११०८ नम्बरको बसले ग २ ख १५८३ नम्बर को बसलाई ठक्कर दिएर पल्टाएपछि ग २ ख १५१३ नम्बरको बसलाई ठक्कर दिएको हो ।ग २ ख १५१३ को बसले स्याङ्जाको वालिङमा रहेको सगरमाथा इङलिस बोर्डिङ, ग २ ख १५८३ नम्बरको ड्वाइङ सेकेण्डरी बोर्डङ स्कुल पोखराका विद्यार्थी रहेका थिए ।