काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ र ७ को संयुक्त आयोजनामा जारी झिलिमिली हाटबजारमा अवलोकन कर्ताको उल्लेख्य सहभागिता देखिएको छ ।

हाट बजार व्यवस्थापन समितिका अध्यक्ष दयाराम थापाले २३ गतेबाट सुरुभएको बजारमा अनुमान भन्दा बढीले अवलोकन गरेको बताउनु भयो । उहाँले सोही अनुरुप हाटबजारमा व्यापार भएको पनि जानकारी दिनुभयो । हाटबजारको अन्तिम दिन भनिए तापनि उपभोक्ता, अवलोनकर्ता, स्थानीय व्यापारी, किसानहरुको आग्रहमा हाटबजारलाई थप एक दिन लम्ब्याइएको पनि उहाँले बताउनु भयो ।

विहान ८ बजेदेखि सुरु भएको हाटबजारमा बेलुकी ८ बजेसम्म पनि अवलोकन तथा बस्तु खरिदकर्ताको उल्लेख्य सहभागिता रहेको छ । हाटबजारलाई एक दिन थपिएपछि व्यवसायी, स्थानीयलगायत थप उत्साहित भएका छन् ।

चन्द्रागिरि नगरपालिकामा नै पहिलो पटक संचालन भएको हाटबजारले आमउपभोक्ता, स्थानीय, छिमेकी नगरपालिकाबाट आएका उपभोक्ताले पनि यस्ता हाटबजार वर्षमा भन्दा पनि महिनामा एक पटक स्थानीय सरकारले आयोजना गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

वडा नम्बर ६ का वडा अध्यक्ष संजय सिग्देलले सर्वसाधारणको सुझावलाई मध्यनजर गर्दै निकट भविष्यमा महिनाको एकपटक हाटबजार संचालन गर्न कोसिस गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय