मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । आज घाईतेहरुको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सिकहरुले यस्तो जानकारी गराएका हुन । उपचाररत २५ मध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालले जानकारी दिएको हो । जलनको घटनामा सबै घाइतेहरुको अवस्था गम्भीर नै हुने भन्दै अस्पतालले चिकित्सकहरु घाइतेहरुको उपचारमा लागिरहेको जनाएको छ ।

मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया शुरु गरिएको जानकारी दिए । अमेरिकाबाट आईतवारसम्म चिकित्सक आइसक्ने थप उपचार थाल्ने उनले बताए ।

सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने प्रतिवद्धता समेत मन्त्री लिम्बुको थियो । गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय