प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस भइरहेको आरोप लगाएका छन् । आज तनहुँको आँबुखैरेनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवर्तन उल्ट्याउन कोशीश भइरहेको भन्दै १२ बुँदे समझदारीका पक्षधरहरुले एकताबद्ध भएर परास्त गर्ने बताए । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र जनतालाई सेवा दिने कुरामा इमानदार भएर काम गरिरहेकाले प्रतिगामीहरू आत्तिएको दाबी समेत गरे ।

प्रधानमन्त्री दाहालले प्रदेश सरकारका लागि आवश्यक प्रहरी समायोजन ऐन, निजामती ऐन र संघीय शिक्षा ऐन छिट्टै पारित गरेर कार्यान्वयनमा आउने दाबी समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय