दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन् ।
स्थानीय समय अनुसार बिहान ८ बजेर १४मिनेटमा ७८ किलोमिटर गहिराइमा मुख्य दक्षिणी द्वीप मिन्डानाओको साराङ्गानी प्रान्तमा भूकम्प गएको हो । सुनामीको भने कुनै खतरा नभएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।