काठमाडौं । चार देशीय महिला टी–२० सिरिजमा नेपालले जापानलाई १ सय १६ रनको चुनौती पेश गरेको छ ।

तेस्रो स्थानको खेलका लागि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १५ रन बनायो । नेपालका लागि ओपनर पूजा महतोले सर्वाधिक ४३ रन बनाउनु भयो । क्याप्टेन इन्दू बर्माले १२ रन रुविना क्षत्रीले २१ रन, सीता राना मगर ५ रनमा समेटिए । रोमा थापा २२ रन बनाइ रनआउट हुँदा रुविना र रोमा रनआउट रहे भने जापानकी अरिका टोक्ची र आयुमी फुजिकावा र आहिल्या चण्डेलले एक–एक विकेट लिए ।

फाइनल खेलमा तान्जानिया र हङकङबीचको खेल आज पौने १२ बजे सुरु हुनेछ । महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय