राष्ट्रपति रामचन्द्र पौडेलले आज गुहेश्वरी र कमलपोखरीमा छठ–पूजा गरेका छन् । आज अपरान्ह पशुपतिस्थित गुहेश्वरी घाट र कमलपोखरी पुगेर उनले छठ–पूजा गरेका हुन । राष्ट्रपति पौडेल छठका लागि सिंगारिएको गुहेश्वरी र कमलपोखरीस्थित छठ घाटको अवलोकन गरेर पूजामा सहभागी भएका हुन ।

सो क्रममा राष्ट्रपति पौडेलले अस्ताउँदो सूर्यलाई पूजा गरी आराधना गरी अर्घ दिएका थिए । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सुर्यदेवको आराधना, उपासना र पुजाको यो पर्व भोली उदाउदो सूर्यलाई अर्घ दिएसँगै सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय