चितवनको भरतपुर महानगरपालिका २७ मेघौलीस्थित राप्ती खोला किनारको हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा पोथी बाघ मृत फेला परेको छ ।उक्त बाघ अन्दाजी सात वर्षको रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताएकाछन् ।

शरीरका विभिन्न ठाउँमा घाउहरू रहेको उक्त बाघ एकापसमा जुधेर मरेको हुन सक्ने तिवारीले बताए । बाघ दुर्लभ वन्यजन्तु हो । पछिल्लो सर्वेक्षण अनुसार देशभरका वनक्षेत्रमा ३५५ बाघ छन् । चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा सबैभन्दा धेरै १२८ बाघ छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय