![](https://ournewscrew.com/wp-content/uploads/2023/11/kailali-tanab.png)
सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंग्राकटानकी २४ बर्सिया तारा विकले जन्माएको शिशुको मृत्यु भएको हो। अप्रेसनका क्रममा चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको आफन्तहरूको दाबी छ ।
अप्रेसनका क्रममा शिशुको मृत्यु भएपछि आमाका पेटमा टाँका समेत नलगाएर डाक्टर फरार भएको सुत्केरीका आफन्त सिता बिकले आरोप लगाएक छन ।मङ्गलवार बिहान ७ बजे हामी अस्पताल गएका बच्चा र आमाको अवस्था ठिक छ भनेर अस्पतालले भर्ना लियो । राती ९ बजे सम्म पनि चिकित्सकहरूले सामान्य डेलिभरी भइहाल्छ भनेर वास्ता नगरेकोे राती १बजे अप्रेसनका क्रममा शिशुको मृत्यु भएपछि सुत्केरी ताराको पेट काटिएकै छोडेर डाक्टर अस्पतालबाट फरार भएको आफन्त सिता बिकले बताईन।
![](https://ournewscrew.com/wp-content/uploads/2023/09/nagarpalika-new.gif)
![](https://ournewscrew.com/wp-content/uploads/2023/09/gengu-new.jpg)
![](https://ournewscrew.com/wp-content/uploads/2023/09/anugaman-add.gif)
अस्पताल प्रशासनले भने घटनापछि चिकित्सकहरू फरार नभएको दाबी गरेको छ । सुत्केरीका आफन्तहरू आक्रामक शैलीमा कुटपिटमा उत्रिएपछि चिकित्सकहरू क्वाटरमा बसिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेर बहादुर कमरले बताए ।
मेसिनबाट जाँच गर्दा आमा र बच्चाको अवस्था ठिक थियो । नर्मलडेलीभरीमा समय लागेपछि राती सिएस् गर्दा बच्चा मृत निस्किएको उनको भनाई छ। सुत्केरीका आफन्तहरूले लापरबाही गर्ने चिकित्सहरुमाथी कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।