काठमाडौं । राष्ट्रिय आविश्कार केन्द्रमाथी पटक पटक छलकपट नगर्न सरकारलाई महावीर पुनले चेतावनी दिनुभएको छ । www.ournewscrew.com सँग विशेष कुराकानीमा पुनले सरकारले आविश्कार केन्द्रसँग एउटा कुरा गर्ने व्यवहारमा अर्को कुरा गर्दै गएको भन्दै असन्तुष्ट पोख्नु भएको हो । सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्धन विधेयकको मस्यौदा तयार पार्दै गर्दा कर्मचारीलाई सहज हुने गरी मात्र कानून ल्याउन लागेको भन्दै विरोध गर्नुभयो ।

यद्यपी सरकारसँगको पछिल्लो सहमतिअनुसार सरकारले पूँजीगत तर्फको कुल बजेटको १ प्रतिशतको दरले रकम विनियोजन गर्ने सहमति गरेपनि शून्य दशमलव ३३ प्रतिशत आविस्कार केन्द्रलाई छुट्टाउने सहमति भएको र नवप्रवर्धन तथा आविश्कारका लागि सहज कानून निर्माण गर्ने तर्फ सरकार उन्मुख भएको भन्दै उत्साहित हुनुभयो । आफुले पटक पटक छलकपटको सामना गर्नुपरेको भन्दै छलकपट गर्ने मामिलामा ओलम्पीक गेम भएमा नेपालले मेडल जित्ने पक्का छ भन्दै व्यंग्य गर्नुभयो ।

पुनले आफ्नो जीवनी पुस्तक अहिलेसम्म १२ हजार भन्दा बढी विक्री भइसकेको र त्यसबाट आएको सम्पूर्ण पैसा वीरगंज कृषि औजार कारखाना संचालनका लागि प्रयोग गरिने पनि बताउनु भयो । हामीसँगको विशेष कुराकानीमा सामाजिक संजालमा आएका कमेन्टलाई कडा प्रतिउत्तर दिनुहुन्छ नि भनि प्रश्न गर्दा उहाँ आफु पनि साधारण मान्छे भएको र पटक पटक आविश्कार केन्द्रको बिरोध गर्दै कमेन्ट आएपछि रिस उठनु अस्वभाबिक नभएको भन्दै त्यस्तो प्रबृतिलाई मात्र जवाफ दिएको उल्लेख गर्नुभयो ।

डा. महावीर पुन संगको विशेष कुराकानी OURNEWSCREW को युट्युव च्यानलबाट बुधबार बेलुका ७ बजे प्रशारण हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय