गुल्मीमा बसले मोटरसाईकललाई ठक्क्र दिँदा एक विद्यार्थीको ज्यान गएको छ । ज्यान जानेमा रेसुङ्गा नगरपालिका ४ सेउघा निवासी १९ वर्षीय बिबेक झाँक्रि मगर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार बिहान सदरमुकाम तम्घासदेखि विद्यालयवाट घर जाने क्रममा रेसुङ्गा नगरपालिका ४ अर्खलेमा लु ८७ प ९८१ नम्बरको मोटरसाईकललाई विपरित दिशावाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको लु १ ख ९४७५ नम्बरको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट शक्त घाईते बनेका झाँक्रि मगरको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नबिन किशोर प्रधानले जानकारी दिनु भएको छ ।
सदरमुकाम तम्घास स्थीत महेन्द्र नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत झाँकि बिहानको पढाई सकेर घर फर्कने क्रममा दूर्घटनामा परेका हुन । दूर्घटनापछि वसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तम्घासवाट सिमलटारी तर्फ गईरहेको वसलाई उछिन्ने क्रममा अचानक विपरित दिशावाट आईरहेको वससँग ठोक्किदा उक्त दूुर्घटना हुन भएको प्रहरीले जनाएको छ ।