भारतीय सीमाक्षेत्र खैरटोकादेखि पूर्वपश्चिम राजमार्ग जोड्ने गरी निर्माण भैरहेको सडकको काम गुणस्तरहीन भएको स्थानीयले आरोप लगाएका छन । पहिलो चरण अन्र्तगत सदरमुकाम सिरहाको सहिद राजेश ठाकुर पार्कदेखि बहिरा संघ सिरहासम्म करिब अढाई किलोमीटर सडक निर्माण गुणस्तरहीन भैरहेको हो । चार लेनको सडक निर्माण कार्यमा गुणस्तरहीन निर्माण भईरहेको स्थानीयको आरोप छ ।

प्रति किलोमीटर १० करोड हाराहारीमा निर्माण थालिएको यो सडकमा आसफाल्ड कमजोर र गुणस्तरहीन निर्माण भईरहेको प्राविधिकहरुको भनाइ छ । सिरहा सदरमुकामदेखि माडरसम्म सडक क्षेत्रमा रहेको घरहरु भत्काउँदा २ अर्ब वढीको क्षति भएको छ । राम्रो, गुणस्तरी सडक निर्माण हुने अपेक्षा भएपनि काम गुणस्तरहीन भईरहेको स्थानीय नागरिक अगुवा शम्भू साहले बताए । सडकको पुथपाथ, डिभाईडर, कालोपत्रे हरेक क्षेत्रमा निमार्ण कम्पनीले गम्भीर लापरबाही गरेको भन्दै स्थानीय आक्रोशित छन । सडक निर्माणको ठेक्का ओम साईराम कन्स्ट्रक्शन सातदोवाटोेसँगँ २४ करोड ९८ लाख ७१ हजार ५२१ रुपैयाँमा लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय