२०४६ देखि हाल सम्म ३४ बर्ष सत्तामा पुगेर राज्य सत्ता चलाएका काँगे्रस कम्यूनिष्टका कारण देशमा बिकास हुन नसकेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । जनता समाजवादी पार्टी नेपाल बाँकेले आयोजना गरेको अग्रज नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोभन गर्दै अध्यक्ष यालवले ३४ बर्षको अवधिमा सबै भन्दा बढी सरकार चलाएको काँगे्रसका कारण देशमा बिकास हुन नसकेको आरोप लगाएका हुन् ।
अध्यक्ष यादवले काँगे्रस कम्यूनिष्टमा कुनै भिजन नभएको भन्दै देशमा स्थापित उद्योग निजिकरण गरेर लाखौ यूवा बैदेशिक रोजगारका लागि बिदेश जान बाध्य बनाएको बताए । उनले शिक्षा, स्वास्थ्यमा निजी क्षेत्रलाई हावी बनाएका कारण सरकारी बिद्यालय र अस्पताल डुबेको समेत आरोप लगाए ।
कार्यक्रममा नेता तथा कार्यकर्ताले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्न्ो गुणसोलाई अध्यक्ष यादवले नेपालमा कर्मचारी तन्त्र हावी भएका कारण सरकारमा सहभागी भएका मन्त्रीले चाहेर पनि काम गर्न नसकेको प्रष्ट पारे । कार्यक्रममा जिल्लाका नेता कार्यकर्ता देखि प्रदेश नेता, केन्द्रिय सदस्य, प्रदेश सांसद समेतको उपस्थिति रहेको थियो ।