काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आ.ब.२०८०-०८१ को कृषि फार्म अध्ययन अवलोकन भ्रमण शीर्षकमा विनियोजित बजेट मध्येबाट ६ दिने भ्रमणको आयोजना गरेको छ ।
२०८०-०८-१८ गते देखि २०८०-०८-२३ गतेसम्म ६ दिन हुने भ्रमणमा चन्द्रागिरि नगरपालिकाको आर्थिक विकास शाखा, कृषि शाखा, पशु शाखा र जनप्रतिनिधिको टोलीले भ्रमण गर्दैछन् । भ्रमणको क्रममा सिन्धुली, उदयपुर, धरान, धनकुटा, पाख्रिबास, इलामलगायतका क्षेत्रमा अध्ययन अवलोकन गर्ने भन्दै २० जनाको टोली जाँदै छ । भ्रमणमा विभिन्न अनुसन्धान केन्द्र, पशु फार्मको अनुगमन गर्ने बताइएको छ । कृषि सम्बन्धि भ्रमण भनिए पनि जनप्रतिनिधि र कर्मचारीबाहेक अन्यको सहभागिता छैन । कुनै योजना र उद्देश्य विना गरिएको नगरको कृषि शाखाको यो भ्रमणले लाखौं रुपैयाँ स्वाहा हुनेबाहेक अन्य उपलब्धी भने शून्य हुने देखिन्छ । ६ दिने भ्रमणको क्रममा ४ लाख १० हजार १ सय रुपैयाँ खर्च हुनेछ ।
कृषिको नाममा चन्द्रागिरि नगरपालिकाले पटक पटक यस्ता अवलोकन भ्रमणको आयोजना गर्दैआएको छ । उक्त भ्रमणबाट नगरले करोडौं रुपैयाँ सकेपनि आजसम्म चन्द्रागिरि नगरपालिकाले कृषि क्षेत्रमा कुनै नयाँ काम गर्न सकेको भने देखिदैन । यसअघि पनि नगरपालिकाको कृषि शाखाले अध्ययन भ्रमणका नाममा लाखौं रुपैयाँ खर्च गरिसकेको छ ।
भ्रमणमा जाने व्यक्तिको नामावली